२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्मका लागि निर्धारित समय सकिएको छ। निर्वाचन आयोगका अनुसार, पाँच बजेसँगै मतदानको औपचारिक समय समाप्त भइसकेको छ।
तर, मतदान केन्द्रमा पाँच बजेभन्दा अघि लाइनमा बसेका मतदाताले भने आफ्नो भोट हाल्ने अवसर पाउनेछन्। आयोगले यसबारे स्पष्ट सूचना दिएको छ।
फिल्डमा खटिएका अनलाइनखबरका पत्रकारहरूले जनाएका अनुसार, अधिकांश जिल्लामा मतदान समयमै सकिएको छ। निर्वाचन कार्य सुचारु ढंगले सम्पन्न भएको जानकारी प्राप्त भएको छ।





