राजनीति

सभापति थापालाई सर्लाही ४ मा अमरेशले १२ हजार ८५७ मतले हराए, अब के हुन्छ ?

२४ फागुन, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन् ।
राट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहले थापालाई १२ हजार ८५७ मतले पाराजीत गरेका हुन् ।
यसअघि तीनपटक नेपाली काँग्रेस र स्वतन्त्रबाट त्यही क्षेत्रबाट विजयी गरिसकेका अमरेस कुमार सिंह र काठमाडौं क्षेत्र नम्बर ४ बाट यसअघि नेपाली काँग्रेसबाट बिजयी गरेका सभापति थापाको चुनाबी प्रतिको आँकलनमा थापाले १५ हजारको तान्तरले जित्ने दाबी नेपाली काँग्रेसले गरेको थियो ।

सिंहले ३५ हजार ६८८ मत ल्याएर विजयी हुँदा थापाले जम्मा २२ हजार ८३१ मत ल्याएका छन् । एकातिर रास्वपाले दुई तिहाई मत ल्याउने आँकलन गरिरहँदा बालेन शाह शक्तीसाली सरकारका प्रधानमन्त्री बन्ने निश्चित भएको छ भने शेरबहादुर देउवालगायतका पुराना नेताहरुको अनुहारले काँग्रेसको मत बिग्रने दाबी गर्दै गरिएको बिशेष महाधिवेशनपछिको निर्बाचनको परिणाम काँग्रेसको ऐतिहाशिक पराजयको रुपमा देखिएपछि सभापति गगन थापाको राजीनामाको माग पार्टी भित्र र बाहिरबाट उठ्न सक्छ, पार्टीले गर्ने समीक्षा बैठकमा यसबारे कस्ता कुराहरु उठ्छन् त्यो हेरेर वा सर्बोच्च अदालतमा परेको निबेदनको पन्तिम फैसला हेरेरमात्र भन्न सकिने अवस्था रहन्छ । सभापतिहो हारमात्र नभएर काँग्रेसको पराजयले काँग्रेसको मोड भने धेरै नै परिवर्तन हुने बिश्लेशकहरुले दाबी गरेका छन् ।