२ चैत, काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले आफ्ना स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा चयन गरेपछि चौतर्फि आलोचना भएको छ । विभिन्न राजनितिक दलका नेताहरुले कार्कीको यो निर्णयको खुलेर बिरोध जनाएका छन् ।
यसैक्रममा सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सागर ढकालले प्रधानमन्त्री कार्कीलाई उक्त निर्णय सच्याउन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको अन्तिम निर्णय बालेन, रवि र आफ्ना लागि तगारो हुने भन्दै निर्णय सच्याएर उदारता देखाउनेमा आफु विश्वस्थ रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन् आमा, जति सुकै ठुलो महामानव भए पनि गल्ती हुन्छन्। हजुरले पनि देशलाई ठुलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ। जाँदाजाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनु हुनेछ भन्ने कामना गरेका छौँ।
साथै ढकालले कुनै विज्ञता, अनुभव नभई प्रधानमन्त्रीको स्वकीय सचिव हुँदैमा प्रकृति संरक्षण कोष जस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन् ।
उनले अगाडी लेखेका छन् त्यसमाथि अब हुने प्रधानमन्त्रीले देश कायापलट गर्छु, विज्ञ मान्छे राख्छु भन्दा पनि पहिलेको नजिर अनुसार गाह्रो छ। ५ वर्षभरि नै हजुरको यो अन्तिम निर्णय बालेन, रवि र हाम्रोलागि तगारो पो हुने भयो। हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ। आशा छ, हजुरले निर्णय सच्याएर उदारता देखाउनुहुनेछ।






