९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग युद्ध रोक्ने र सम्झौता गर्न वार्ता भइरहेको दाबी गरे पनि इरानी पक्षले त्यसलाई खारेज गरेको छ।
सोमबार ट्रम्पले पाँच दिनका लागि इरानमा कुनै हमला नगर्ने घोषणा गर्दै वार्ता भइरहेको बताए। तर, इरानी विदेशमन्त्री अब्बास अरागची ले वक्तव्य जारी गर्दै “अमेरिका र इरानबीच वार्ता भइरहेको दाबी गलत हो” भन्दै ट्रम्पको दाबी अस्वीकार गरेका छन्।
यसपछि ट्रम्पले पत्रकारहरूसँगको संवादमा भने, “इरानको एक शीर्ष व्यक्तिसँग अमेरिका वार्ता गरिरहेको छ। उनीहरू चाहन्छन् सम्झौता होस् र हामी पनि चाहन्छौं। आज फोन वार्ता हुन सक्छ।”
उनले थपे, “यदि वार्ता सफल भए युद्ध समाधान हुनेछ, नभए बमबारी जारी रहनेछ। धेरै विषयमा सहमति भइरहेको छ।” तर, ट्रम्पले ती ‘शीर्ष व्यक्ति’ को हुन् भनेर खुलाएनन्। पत्रकारले सर्वोच्च नेता अली खामेनी हुन् कि भनी सोध्दा उनले जवाफ दिए, “थाहा छैन उनी जिउँदो छन् कि छैनन्।”
यो घटनाले अमेरिका–इरान सम्बन्धमा अनिश्चितता कायम राखेको छ र मध्यपूर्वमा तनाव तथा वार्ता दुवैको मिश्रित संकेत दिएको छ।




