१० चैत, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापाले कमब्याक गरेका छन् । २१ फागुनको निर्वाचनमा पराजित भएपछि सभापतिबाट दिएको उनको राजिनामा स्वीकृत नभएपछि थापा फेरि पुरानै जिम्मेवारीमा फर्कीएका हुन् ।
उनले दिएको राजिनामा अस्वीकृत भएसँगै सभापति थापा केन्द्रिय समितिको बैठकलाई सम्बोध गर्न पार्टी पाटी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठक दिउँसो १ बजे बैठक बस्ने बताएका छन्।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।





