१० चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग पश्चिम एशियाको वर्तमान तनावबारे टेलिफोनमार्फत महत्वपूर्ण छलफल गरेका छन्। मोदीले यसबारे फेसबुकमा जानकारी दिँदै भने कि वार्ताले उपयोगी विचार-विमर्श र शान्ति पुन:स्थापना प्रयासलाई प्रोत्साहन गर्ने विश्वास जगाएको छ।
मोदीका अनुसार भारत तनाव न्यूनीकरण र यथाशीघ्र शान्ति स्थापनाको समर्थनमा छ। उनले स्ट्रेट अफ होर्मुज खुला, सुरक्षित र सबैका लागि पहुँचयोग्य रहनु अत्यन्त आवश्यक भएको पनि औँल्याए। साथै, शान्ति र स्थायित्वका प्रयासहरूमा निरन्तर सम्पर्कमा रहने विषयमा दुवै नेताहरू सहमत भएको जानकारी दिएका छन्।
यस वार्ताले पश्चिम एशियामा जारी तनावको समाधानतर्फ कूटनीतिक पहललाई थप बल दिएको विश्लेषकहरूले बताएका छन्।




