राजनीति

प्रधानमन्त्री बालेन शाहको निर्देशन : कर्मचारीहरूले काममा ढिलासुस्ती नगर्नू

१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले सरकारी कर्मचारीहरूलाई कुनै पनि बाहाना बनाएर काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।

शुक्रबार शपथ ग्रहण गरेर पदभार सम्हालेपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् कार्यालयमा आयोजित ब्रिफिङमा कर्मचारीहरूलाई आफ्नो सरकारको “स्पिरिट” समात्न आग्रह गरे। उनले भने, “हामीले सरकार गठन गरेको तरिकाअनुसार अघि बढ्न खोजेका छौं, त्यसै अनुरूप स्पिरिट तपाईंहरूले पनि समात्नुपर्छ। नियम वा कानुन परिवर्तन गर्नुपर्ने भए पनि बाहाना बनाएर काम रोक्नुहुँदैन।”

प्रधानमन्त्री शाहले स्पष्ट पार्दै भने, “कुनै पनि कुरा देखाएर ढिलासुस्ती गर्न पाइँदैन। नियम र कानुन अनुसार काम पूरा गर्नुपर्नेछ।”

ब्रिफिङ करिब पाँच मिनेट मात्रै चलेको थियो र कर्मचारीहरूलाई सिधा र स्पष्ट निर्देशन दिने उद्देश्य राखिएको थियो।