राजनीति

सरकार गठन गर्दै उच्चस्तरीय समिति, ०६२ साल यताका सबैकाे सम्पति छानबिन गर्ने निर्णय

१४ चैत, काठमाडौं । सरकारले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ। शनिबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा एक साताभित्र यस्तो समिति बनाइने उल्लेख गरिएको छ।

कार्यसूचीअनुसार समितिलाई घटनासँग सम्बन्धित सबै विवरण सङ्कलन र विश्लेषण गर्ने, साथै जिम्मेवार पक्ष पहिचान गर्ने जिम्मेवारी दिइनेछ। समितिले निश्चित समयसीमाभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष पेश गर्नुपर्नेछ।

सरकारले समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने पनि जनाएको छ।