राजनीति

ओली पक्राउबारे सर्वोच्चको आदेश: सरकारसँग कारण पेश गर्न निर्देशन

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गर्नुको कारण स्पष्ट पार्न सरकारका नाममा आदेश जारी गरेको छ।

न्यायाधीश मेघराज पोखरेल को इजलासले कारण देखाऊ आदेश जारी गर्दै पक्राउको कानुनी आधारबारे जवाफ मागेको हो।

ओलीकी पत्नी राधिका शाक्य ले आफ्नो पति गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेपछि अदालतले उक्त आदेश दिएको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का घटनाक्रमलाई लिएर तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीको भूमिकामाथि प्रश्न उठाइएको थियो। सो घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक माथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।

उक्त सिफारिसका आधारमा शनिबार बिहान दुवै नेता पक्राउ परेका थिए। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै पक्राउको औचित्य र कानुनी प्रक्रियामाथि थप बहस चुलिने देखिएको छ।