इरानले युद्धविरामका लागि आग्रह गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले बुधबार खण्डन गरेको छ। इरानले युद्धविरामका लागि गरेको अनुरोधबारे ट्रम्पको अभिव्यक्ति ‘असत्य’ र ‘आधारहीन’ रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले बताएका हुन् । यसअघि, राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।
“इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामका लागि आग्रह गरेका छन्,” राष्ट्रपति ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेख्नुभएको छ। उनले अगाडी लेख्नुभएको छ, “स्वतन्त्र आवागमनका लागि हर्मुज घाँटी खुला गर्न इरान तयार हुनुपर्नेमा हामी जोड दिन्छौँ । त्यसो भएमा युद्ध रोक्ने बिषयमा हामी विचार गर्नेछौँ । त्यतिबेलासम्म, हामी इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्नेछौँ वा उनीहरूले चाहेजस्तो ढुङ्गे युगमा फर्कनेछन् ।” राष्ट्रपति ट्रम्पको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन । –––




