२१ चैत, काठमाडौं । बलात्कार आरोपमा हास्य कलाकार सागर लम्साल बले पक्राउ परको बिषयमा गायिका एलिना चौहानले आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै गायिका चौहानले पीडितलाई मात्रै नभई आरोपिलाइ पनि प्रश्न गर्नुपर्ने बताएकी छन् ।
उनले लेखेकी छन् प्रश्न केवल पीडितलाई मात्र होइन, आरोपितलाई पनि हुनुपर्छ । उनले सागर लम्साल बलेबिरुद्ध लागेको बलात्कारको आरोपमा सत्यतथ्य छानबिन गर्न पनि माग गरेकी छन् ।
पीडितले आवाज उठाउँछ भने आरोपितले पनि प्रमाणसँग बोल्नुपर्नेमा जोड दिँदै उनले भनिन् नगरेको हो भने आफ्नो निर्दोषता पुष्टि गर्नुपर्छ ।
लम्साललाई अमेरिकामा बस्दै आएकी एक युवतिले बलात्कारको आरोप लगाएपछि उनि पक्राउ परिसकेका छन् । भने यो समाचारले कलाकारिता क्षेत्रमा यतिबेला तरंग पैदा गरेको छ ।






