समाचार

नवनिर्वाचित सभामुखको प्रतिवद्धता : संसदमा निष्पक्ष भूमिका निर्वाह गर्छु

२२ चैत, काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आफुले संसदमा निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आज सभामुखमा निर्वाचित भएपछि संसदपरिषरमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले संविधान राम्रोसँग हेरेकोले त्यसलाई पालना गरेर सबैलाई समानहुने गरि सदनको मर्यादा हुने किसिमबाट निष्पक्ष भूमिका निर्वाह गर्ने बताएका हुन् ।

आफुलाई संविधान र कानुनको राम्रो ज्ञान रहेको भन्दै संसदलाई सोहिअनुसार अगाडी बढाउने दृढता समेत व्यक्त गरेका छन् ।