अन्तर्राष्ट्रिय

इरान हाम्रा सर्तमा सहमत भएन : अमेरिकी उपराष्ट्रपति भान्स

२९ चैत, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँग लामो समय वार्ताका बाबजुद सहमति पुग्न नसकिएको बताएका छन्।

इरानसँग पाकिस्तानमा जारी शान्ति वार्ताबारे पत्रकार सम्मेलन गरेर उनले ‘नराम्रो खबर’ रहेको बताएका हुन्।

उनले भने, ‘अमेरिका र इरानबिच वार्ता २१ घण्टादेखि चलिरहेको छ, तर नराम्रो खबर के हो भने हामी सम्झौतामा पुगेका छैनौँ। उनले भने इरान हाम्रा सर्तमा सहमत भएन।