समाचार

अहिलेका सांसद चप्पल पड्काउँदै सिंहदरबार छिरेका होइनन् : आसिका तामाङ

३० चैत, काठमाडौं । प्रतिनिधिसभाकी सांसद आसिका तामाङले वर्तमान सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको समपत्ति बिवरणलाई लिएर चौथर्फि आलोचना भइरहेका बेला बचाउ गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै तामाङले अहिलेका सबैजना सांसदहरू आत्मनिर्भर भएको बताएकी हुन् ।

उनले अहिलेका सांसदहरू चप्पल पड्काउँदै सिंहदरबार छिरेको नभइ राजनीतिमा आउनु पुर्व सबैजना आफ्नो आफ्नो पेशामा रहेको समेत बताएकी छन् ।

उनले अगाडी लेखेकी छन् राजनीति मा एकदिन उहाँहरू जान्छु भन्ने लगभग कसैलाई पनि थाहा थिएन, पुरानाले काम नगरेका भएर उहाँहरू राजनीतिकमा आउनुपरेको ।