समाचार

सांसदले स्वकीय सचिव राख्ने निर्णयको बिरुद्धमा छु : हर्क साम्पाङ

२ बैशाख, काठमाडौं । प्रतिनिधिसभा सांसद तथा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदले स्वकीय सचिव राख्न पाउने निर्णको बिरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै सरकारले गरेको उक्त निर्णयको विरुद्धमा आफु रहेको बताएका हुन् ।‘

उनले लेखेका छन् सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म’, ‘३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२,५०,०००, वर्षको ९,९०,००,००० र पाँच वर्षको ४९,५०,००,००० रुपैयाँ लाग्छ ।’

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खर्च कटौतीका लागि सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा कटौती गरेको थियो । तर अहिले संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले स्वकीय सचिव पाउने गरी प्रक्रिया अगाडि बढाएको छ ।