५ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले, ‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु, भनेका छन् ।
उनले बिशेष महाधिवेशनबाट सभापतिमा निर्बाचन भएको समूहलाई निर्बाचन आयोगले आधिकारिकता दिएपछि परेको सर्बोच्चको निबेदनसमेत सदर हुँदै आधिकारिकता पाएपछि उक्त प्रतिकृया दिएका हुन् ।
सभापति थापाले शुक्रबार राती १० बजे र्आको सर्बोच्चतको फैसलाको औपचारिक प्रतिकृया शनिबार केहीबेर अगाडीमात्र दिएका छन् । सभापति थापाले सामाजिक सँजालमा लेख्दै भनेका छन्:
सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।
पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।
पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।
अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ।
जय नेपाल !






