८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने विरुद्ध दायर गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले आयुष बडालद्वारा पेश गरिएको निवेदनमाथि दरपीठ आदेश जारी गर्दै दर्ता नगर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै बडालको निवेदन तत्कालका लागि अस्वीकृत भएको छ। तर, कानुनी प्रावधानअनुसार उनले उक्त दरपीठ आदेशविरुद्ध पुनः सर्वोच्च अदालतमै अर्को निवेदन दिन सक्नेछन्। यदि एकल इजलासका न्यायाधीशले दरपीठ आदेश बदर गरेमा अदालत प्रशासनले सो निवेदन दर्ता गर्नुपर्ने हुन्छ।
बडालले सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप खेपिरहेका लामिछानेलाई सांसदको हैसियतमा काम गर्न रोक लगाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।




