सामाजिक सञ्जाल

हर्क साम्पाङको प्रश्न : बालेन जी…पत्रकारलाई निषेध गरेर के गर्न खोजेको ?

२१ बैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह (बालेन)ले पत्रकारहरूलाई सिंहदरबारमा  गरेको निषेधको कडा आलोचना गरेका छन्।

साम्पाङले आफ्नो फेसबुक स्टेटस मार्फत यो कार्य लोकतन्त्रको मूल्य र मान्यता विपरीत भएको भन्दै प्रश्न उठाएका छन्।

साम्पाङले आफ्नो स्टेटसमा लेखेका छन्, “बालेन जी… पत्रकारलाई निषेध गरेर के गर्न खोजेको ? चुपचाप डोजर सरकार यस्तै हो त ? स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लाउनु लोकतन्त्रको मूल्य अनुरुप होइन !” यस भनाइले मेयर शाहको नेतृत्वमा रहेको डोजर सरका? भनिने कार्यशैलीमाथि पनि व्यंग्य गरेको देखिन्छ।

उनले पत्रकारितामाथि लगाइएको कुनै पनि प्रकारको प्रतिबन्धले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर बनाउने र यसले लोकतान्त्रिक प्रणालीमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

साम्पाङको यो भनाइले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको महत्त्वलाई पुनः उजागर गरेको छ।यस विषयमा काठमाडौं महानगरपालिका र प्रधानमन्त्री शाहको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।

आज मन्त्रीपरिषद् बैठक सुरु हुन लाग्दै गर्दा प्रधानमन्त्री बालेन साहको निर्देशनमा  सिंहदरबारमा प्रहरीले पत्रकारलाई भिडियो खिच्न राेकेका थियो ।