खेलकुद

क्रिकेट विश्वकप लिग-२ : ओमानविरुद्ध आशिफले बनाए अर्धशतक

२२ बैशाख, काठमाडौं । नेपालका ओपनर आशिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालका ओपनर आशिफले ओमानविरुद्ध ६६ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरेका छन् ।

यो आशिफको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १४औँ अर्धशतक हो । अर्धशतकका निम्ति आशिफले हाल क्रिजमा रहेका अर्जुन कुमालसँग ८९ रनको साझेदारी गरेका छन् ।