२३ वैशाख, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा डा हृषीकेश वाग्ले नियुक्त भएका छन् । अध्यादेश पास भएपछि उपकुलपति, रजिस्टार, डिनहरूको पद गएपछि विश्वविद्यालयका परीक्षा नियन्त्रक रहेका प्रा. डा. वाग्लेलाई निमित्त उपकुलपति दिएको हो ।
काठमाडौँ विश्वविद्यालयको स्कुल अफ साइन्सको निमित्त डिनमा प्रा डा भूपाल गोविन्द श्रेष्ठ, स्कुल अफ इन्जिनियरको काम डिनमा बालकृष्ण बल, स्कुल अफ आर्ट्सको काम डिनमा निर्मल मणि अधिकारी, स्कुल अफ एजुकेसनमा प्रा डा शेषकान्त पङ्गेनी, व्यवस्थापन प्रा डा रोजी लामिछाने, कानुनमा प्रा डा शिव पौडेल, स्कुल अफ मेडिसिनमा प्रा डा जगदीश चटौत रहेका छन् ।
निमित्त उप कुलपति सरकारले तथा निमित्त डिनहरू नियुक्त गर्दा वरिष्ठताका आधारमा गरिएको निमित्त उप कुलपति डा वाग्ले निकट स्राेतकाे दाबी छ ।





