२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। शनिबार कानुन दिवसका अवसरमा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले ‘आमा’ भनेर सम्बोधन गरेपछि उनले आक्रोश व्यक्त गरेकी हुन्।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाबारे असन्तुष्टि जनाउँदै आएकी कार्कीले सरकारले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस नगरेर गम्भीर गल्ती गरेको बताएकी छन्।
कार्यक्रमस्थलमा सञ्चारकर्मीले ‘तपाईं देशकै आमा हो’ भनेपछि कार्कीले आफूलाई नभई बालेन शाहकी श्रीमती सविना काफ्लेलाई ‘आमा’ भन्न आग्रह गरेकी थिइन्। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।





