आर्थिक

बालेन सरकारले ल्यायो करको बोझ घटाउने कार्यक्रम

२८ बैशाख, काठमाडौं । सरकारले उद्यमी र मध्यम वर्गीय परिवारमा रहेको करको बोझ घटाउने कार्यक्रम ल्याएको छ।

सरकारले आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी मध्यम वर्गीय परिवार माथिको बोझ घटाइने छ।’

त्यसैगरी, सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आवद्ध गरी नगद नहित पारदर्शी र राजश्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने भनिएको छ।

स्वेच्छिक कर अनुपालन, प्रविधि मैत्री राजश्व प्रशासन, शीघ्र कर विवाद समाधान प्रणालीमार्फत राजश्व प्रणालीलाई उद्यम मैत्री बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता गर्ने भनिएको छ।