शिक्षा

केहीबेरमै सार्वजनिक हुँदै छ एसईई नतिजा

२८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज राति सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार विद्यार्थीहरूले राति ९ बजेदेखि आफ्नो नतिजा हेर्न सक्नेछन् ।

नतिजा सार्वजनिक गर्ने निर्णय यसअघि नै बोर्ड बैठकबाट गरिएको थियो । नतिजा सार्वजनिक हुने तयारीसँगै परीक्षा बोर्ड परिसर बाहिर विद्यार्थी र अभिभावकहरूको भीड लागेको छ ।

यसवर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिट्टै नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा बोर्डले जनाएको छ ।

यसपटक एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका थिए ।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र र अन्य ७ जना रहेका छन् ।

विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस तथा विभिन्न अनलाइन माध्यमबाट नतिजा हेर्न सक्नेछन् ।

यसरी हेर्न सकिने :

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khal
ti.com/app