राजनीति

प्रधानमन्त्रीको अनुपस्थितिप्रति एमालेको आपत्ति, संसद् अपमान गरेको आरोप

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले प्रधानमन्त्री बालेन शाह ले संसद्लाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने काम गरेको आरोप लगाएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका थिए । सो क्रममा एमाले सांसद ऐनबहादुर महर ले प्रधानमन्त्री सदनप्रति जिम्मेवार बन्न नसकेको आरोप लगाए ।

उनले संविधानको धारा ७६(१०) अनुसार सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले जनताको आवाज सुन्ने दायित्वबाट पन्छिन खोजेको बताए ।

महरले प्रतिनिधिसभा नियमावलीको व्यवस्था समेत बेवास्ता गरिएको आरोप लगाउँदै प्रधानमन्त्रीको व्यवहारले स्वेच्छाचारी प्रवृत्तिलाई बढावा दिएको टिप्पणी गरे ।

उनका अनुसार संसद्मा उठेका विषयमा प्रधानमन्त्री गम्भीर नबन्दा लोकतान्त्रिक अभ्यास कमजोर हुने खतरा बढेको एमालेको निष्कर्ष छ ।