७ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूको नाराबाजी र अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पारित भएको छ ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी राखेका बेला सभामुख डोलप्रसाद अर्याल ले बैठक सञ्चालन गर्दै विधेयक अंगीकृत भएको घोषणा गरेका थिए ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । सभामुख अर्यालले निर्णयार्थ पेश गरेपछि विधेयक पारित भएको हो ।





