आर्थिक

बचत तथा ऋण सहकारीलाई असारसम्म दर्ता हुन प्राधिकरणको पुनः आह्वान

७ जेठ, काठमाडौं । राष्ट्रिय सहकारी प्राधिकरण ले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई आगामी असार ३२ गतेसम्म दर्ता हुन पुनः आह्वान गरेको छ ।

सरकारले सहकारी ऐन संशोधन अध्यादेशमार्फत दर्ताको समय सीमा हटाएपछि प्राधिकरणले नयाँ समयावधि तोकेको हो । अब दर्ता नभएका सहकारीबारे निर्णय गर्ने अधिकार पनि प्राधिकरणलाई दिइएको छ ।

प्राधिकरणका अनुसार हालसम्म २ हजारभन्दा बढी सहकारीले सञ्चालन इजाजत पाइसकेका छन् भने करिब १० हजार सहकारी दर्ता प्रक्रियामा छन् । यो संख्या सञ्चालनमा रहेका कुल सहकारीमध्ये करिब ३० प्रतिशत मात्र हो ।