१४ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन्।
शीतल निवासमा भएको भेटमा अर्थमन्त्री वाग्लेले बजेटका मुख्य विषयवस्तु तथा सरकारको राजश्व र व्ययसम्बन्धी वार्षिक अनुमानबारे राष्ट्रपतिलाई जानकारी दिएका हुन्। साथै उनले आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि हस्तान्तरण गरेका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयका अनुसार बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ।





