आर्थिक

राजदूत नियुक्तिमा नयाँ अभ्यास, खुला दरखास्त आह्वान

१४ जेठ, काठमाडौं । सरकारले राजदूत नियुक्तिका लागि पहिलोपटक खुला दरखास्त आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले निर्देशिका अनुसार योग्यता तोकेर इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो।

राजदूत बन्नका लागि कम्तीमा ३५ वर्ष उमेर पूरा भएको, स्नातक तह उत्तीर्ण गरेको तथा अंग्रेजी भाषामा राम्रो ज्ञान भएको हुनुपर्नेछ। साथै फौजदारी कसुरमा दोषी नठहरिएको, पीआर वा ग्रीनकार्ड नभएको र परराष्ट्र वा कूटनीतिक क्षेत्रमा अनुभव भएको व्यक्तिलाई प्राथमिकता दिइनेछ।

मन्त्रालयका अनुसार इच्छुक उम्मेदवारले जुन ५ भित्र आवेदन दिनुपर्नेछ। प्राप्त दरखास्तहरू मन्त्रालयले छानबिन गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। त्यसपछि संसदीय सुनुवाइ र सम्बन्धित देशको सहमति पश्चात् राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था छ।