राजनीति

गगनले भनेः प्रधानमन्त्री बालेन शाहको सीमाको बिषयको अभिब्यक्ती जति निन्दा गरेपनि कमै हुन्छ

१८ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको पछिल्लो अभिब्यक्तीको कडा विरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली काँग्रेसका सभापति थापाले बालेनले नेपालको सीमाना भारतले मिचेको भएपनि भारतको सीमानासमेत नेपालले मिचेको भन्ने अभिब्यक्ती निन्दनीय र आपत्तीजनक रहेको बताएका छन् ।

प्रधानमन्त्री शहले आईतबार संसदमा बोल्दै नेपालको भूमी भारतले मिचेकोमात्र नभई भारतको भूमिसमेत नेपालले मिचेको अभिब्यक्ती दिएका थिए ।
प्रधानमन्त्री शाहको अभिब्यक्तीको विपक्षीहरुले कडा रुपमा आलोचना गरिरहेका छन् ।