ब्रेकिङ न्युज

संसद अवरोध गरेर मबारे संगठित रूपमा अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

२७ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको भन्दै दुखेसो पोखेका छन् ।

आज प्रतिनिधिसभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।