समाचार

पर्साको खेतबाट पाँच बोरामा लुकाइएको १०० किलो गाँजा फेला

३१ जेठ, पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रमा खेतमा लुकाइ राखिएको करिब १०० किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ।

आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खेतमा लुकाएर राखिएका पाँच वटा बोराबाट गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

हालसम्म उक्त गाँजा कसको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।