पु.समाचार

साझाले गर्यो ३ ठाउँमा रक्तदान, महामारीमा समाजसेवा गरेको भन्दै रक्तदाताले गरे प्रशंसा

१२ बैसाख, काठमाडौं । साझा पार्टी कास्कीले माहामारी कोरोना भाईरस संक्रमणको बेला रगतको अभाव नहोस् भन्दै नेपाल रेडक्रससँगको सहकार्यमा पोखराका तीन स्थानमा आज आयोजना गरेको रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बिश्वभर कोरोना संक्रमणका बेला नेपालमा भएको लकडाउनले बिरामीहरुमा आवश्यक पर्ने रगतको अभाव नहोस् भन्दै गरिएको रक्त संकलनले धेरै नै राहत हुने देखिन्छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सामाग्रीकै खरिदमा अनियमीततामा लागेर बिबाद भएका बेला साझाले गफ भन्दा काम नै गरेर देखाउनु राम्रो भएको रक्तदाताहरुले बताएका छन् ।

रक्तदान गर्नेहरुप्रति उक्त पार्टीले धन्यबाद समेत दिएको छ ।