पु.समाचार

एकाबिहानै स्वयम्भू प्रहरीका असई सुतेकै स्थानमा भेटिए मृत

११ जेठ, काठमाडौं । काठमाडौं महानगरीय प्रहरी स्वयम्भूका प्रहरी असई मृत भेटिएका छन् । असई बिष्णु कार्कीको कञ्चटमा गोली लागेको बताईएको छ ।

प्रहरीको प्रारम्भीक अनुसंधान अनुसार उनले आफैंले आफैंलाई गोली हानेको अनुमान छ । टेकु प्रहरीका प्रहरी नायव निरिक्षक राजकुमार केसीका अनुसार उनी आईतबार बिहानै सुतेकै अवस्थामा भेटिएका थिए ।

प्रहरीले थप अनुसंधान भईरहेको र अनुसंधानपछि बिष्तृट विवरण जानकारी दिने बताएको छ ।