पु.समाचार

बझाङको केदारस्युँमा भयानक पहिरोः १७ घर पुरिएको अनुमान, विस्तृत बिवरण आउन बाँकी !

२० असार काठमाडौं । बझाङको केदाररस्युँमा भयानक पहिरो गएको छ । उक्त पहिरोमा कति क्षति पुग्यो भन्ने एकीन विवरण प्राप्त नभएपनि १७ घर पुरिएको स्थानीयको भनाई छ ।

स्थानीय प्रशासनका अनुसार बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बतापनि क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ ।

पहरिो आएको स्थानतिर बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिएका छन् ।

अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएको स्थानियको भनाई छ । विस्तृत विबरण आउन बाँकी छ । साथै सिंगो गाउँ नै पहिरोको जोखिमा परेको बताईएको छ