पु.समाचार

कोरोनाले नेपालमा थप एक व्यक्तिको मृत्युः जम्मा मृतक सङ्ख्या ३६

२७ असार काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

काठमाडौंको सिनामंगलस्थित केएमसीमा उपचाररत गोकर्णका ५४ वर्षका पुरुषको २५ गते मृत्यु भएको थियो । स्वासप्रस्वासमा समस्या आएपछि भ्यन्टीलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको हो ।

कोरोना भए–नभएको जाँचकालागि २१ गते पिसिआर परिषणका लागि पठाईएपनि रिपोर्ट नआउँदै उनको २५ गते मृत्यु भएको र रिपोर्ट २६ गतेमात्रै आएको हो । उनको शवलाई नेपाली शेनाले ब्यवस्थापन गरेको छ ।

मृगौलाको बिमारी उनको स्वास्थ्यमा समस्या आएपछि यहि असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा आईसियु खालि नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो ।