३ भदौ, काठमाडौं । आज काठमाडौं उपत्यकामा १५९ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौंमा १३७, ललितपुरमा १७ र भक्तपुरमा ८ जना गरी उपत्यकामा जम्मा १५९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमणका कारण ६ जनाको पिनधन भएको छ भने ६८१ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार मृतक संख्या १२० र नेपालमा कोरोना संक्रमितको सँख्या २८ हजार ९३८ पुगेको छ । २४ घण्टामा ११ हजार ५२२ जनाको कोरोना परीक्षण गरिएको थियो । अहिलेसम्म झण्डै १८ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।
आज रातीबाट दैनिक रुपमा संक्रमितहरु बढ्दैगएपछि तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले लकडाउनको घोषणा गरेका छन् ।





