समाचार

मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि

४ भदौ, काठमाडौं । मंगलबार अस्पताल पुर्याएको केहिबेर मै मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजविराज वडा नम्बर ४ क २८ वर्षका पुरुषको मृत्यु पश्चात गरिएको स्वाव परिक्षणको रिपोर्ट बुधबार राति पोजेटिभ आएको हो । सप्तरीमा यी युवकसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संङ्ख्या ४ पुगेको छ ।

मृतक युवकमा अत्यधिक ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो ।

अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो ।