खेलकुद

ओसाका सिनसिनाटी ओपनको फाइनलमा प्रवेश

एजेन्सी । जापानी टेनिस खेलाडी नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको फाइनलमा प्रवेश गरेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा शुक्रबार राति भएको सेमिफाइनल बेल्जियमकी एलिस मेर्टेन्सलाई हराएर ओसाका उपाधि नजिक पुगेकी हुन् । चौंथो वरियताकी ओसाकाले मेर्टेन्सलाई ६-२ र ७-६ ९७-५० को सेटमा पराजित गरिन् ।

अब उपाधिका लागि ओसाकाले जोहान्ना कोन्टा र भिक्टोरिया अजेरिन्काबीचको विजेतासँग खेल्ने छिन् ।यस अघि ओसाकाले अमेरिकाका एक अश्वेत नागरिकमाथि गोली प्रहारको विरोधमा सेमिफाइनल खेल खेल्न अस्विकार गरेकी थिइन् ।

अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार प्रहरीले अश्वेत नागरिक ज्याकोब ब्लेकलाई गोली प्रहार गरेका थिए । जसको विरोधमा खेलाडीहरु आन्दोलित भएका थिए ।

तर, अश्वेतविरुद्ध आवाज बुलन्द बनाउनका लागि खेल खेल्ने निर्णय गरेको ओसाकाले बताएकी छिन् । उनले ब्लाक लाइभ्स म्याटर लेखेको टिसर्ट समेत लगाएकी थिइन् ।