प्रदेश 2

कोरोना संक्रमणका कारण वीरगञ्जमा थप दुई पुरुषको मृत्यु

१६ भदौ, वीरगञ्ज । पछिल्लो समय कोरोनाको हटस्पट बनेको वीरगञ्जमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

मृतक एक जनाको पहिचान खुलेपनि अर्काेको भने खुल्न सकेको छैन । संक्रमणका कारण मृत्यु हुनेमा बाराको कोहल्बी नगरपालिकाका ६० वर्षे पुरुष र अर्काे परिचए नखुलेका अन्दाजी ६० वर्षका पुरुष रेका छन् ।

नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाका अनुसार बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

बाराका ६० वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गतेदेखी अस्थाई कोपिभड अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज बिहान ४ बजेर ५० मिनेटमा मृत्यु भएको थियो ।

भने सामान्य ज्वरो र कमजोरी रहेका उहिचान नखुलेका पुरुषको नारायणी अस्पतालको ईर्मेजेन्सी वार्डमा उपचारका क्रममा सोमबार साँझ ८ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको हो । घरबार बिहिन र पहिचान नखुलेका उनि सडकमै जिवन बेतित गर्दै आएका थिए ।