१७ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देही र वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको बाराका ९७ वर्षे पुरुष र रुपन्देहीका एक ६५ वर्षे महिलाको संक्रमणका कारण मंगलार मृत्यु भएको हो ।
रुपन्देहीमा भैरहवाको भिम अस्पतालमा उपचाररत ६५ वर्षे महिलाको मंगलबार राति ९ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिएक छन् ।
खोकी लाग्ने समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईउँदा त्यहाँ आईसीयू बेड अभाव भएपछि भिम अस्पताल रिफर गरिएको थियो । नवलपरासी पश्चिम, रामग्राम ५ की उनलाई मधुमेह, उच्च रक्तचाप र स्वासप्रस्वाको समस्या थियो ।
यस्तै वीरगञ्जमा बारा सिम्रौगढ नगरपालीका ९ का ९७ वर्षे अर्का पुरुषको आज बिहान १ बजे मृत्यु भएको थियो । ९७ वर्षका पुरुषको नारायणी अस्थाई गण्डक अस्पतालमा उपचार गरीरहेका उनको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि शुक्रबार अस्पताल गएका उनलाई आईतबार वीरगञ्जकै तराई हस्पिटलबाट रिफर गरिएको थियो । मुटुरोगी, दमको रोगी समेत रहेका बृद्धमा उच्चरक्त चापको पनि समस्या रहेको थियो ।





