१८ भदौ, ललितपुर । ललितपुरके पाटक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
किड्नीको बिरामि समेत रहेकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
भक्तपुर थिमिकी ४० वर्षे मृतक महिलामा अस्पताल ल्याउनु भन्दा पहिले नै कोरोना पुष्टि भएको खुलेको छ । बुधबार साँझ अस्पताल भर्ना गरिएको उनको राति १ः ४५ मिनेटमा मृत्यु भएको पुष्टि भएको थियो ।
नेपली सेनाले मृतक महिलाको शव व्यवस्थापको तयारी थालेको छ ।





