२७ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यस अघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।
अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए । भाडा भने दोब्बर लिदैँ आएका थिए । दर्शैलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
सरकारका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ ।





