३० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेको केहि दिनमै १० सचिवको सरुवा भएको छ । प्रधानमन्त्रले मन्त्रीपरिषद हेरफेर गरी राष्ट्रपतीले नयाँ मन्त्री नियुक्त गरेपछि नयाँ नियुक्त तीन मन्त्रीले सपथ लिएको केहि समयमा बसेको बैठकले सचिवहरुको हेरफेर गर्ने निर्णय लिएको हो ।
बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले रिक्त र हेका मन्त्रालय र आगोगका १० सचिवहरुको सरुवा गरेको हो । श्रोतका अनुसार झण्डै एक महिना जगेडामा राखेर प्रधानमन्त्री कार्यालयको सचिव जिम्मेवारी दिईएका केदार न्यौपानेलाई उपराष्ट्रपतीको कार्यालयमा पठाईएको छ ।
भने उपराष्ट्रपती कार्यालयका खगराज बरालललाई प्रधानमन्त्री कार्यालयमा ल्याईएको छ । यस्तै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुर्य गौतम तथा खेलकुदमा र युवा खेलकुदका रामप्रसाद थपलियाको सार्वजनिक अनुगमन कार्यलयमा सरुवा भएको छ ।
यसैगरेर काठमाडौं महानगरपालीकाका प्रशासकिय अधिकृत एकनारायण अर्याललाई पर्यटनको जिम्मेवारी दिईएको छ । साथै भौतिक पुर्वाधारका देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगमा लगिएको छ । साथै उर्जा तथा सिँचाई मन्त्रालयका सचिव रबिन्द्रमान श्रेष्ठलाई भौतिक पुर्वाधारमा सरुवा गरिएको छ ।
भने जल तथा उर्जा आयोगमा रहेका रमेशप्रसाद सिंहलाई सहरी विकाश मन्त्रालयमा सरुवा गरिएको छ । सहरी विकासका मधुशुदनप्रसाद अधिकारीलाई उर्जामा सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट केहिमहिनाअधि प्रधानमन्त्री कार्यालय तानिएका यादव कोईरालालाई संघिय मामिला लगिएको छ ।





