समाचार

नबिल बैंकका कार्यकारी प्रमुख शाहमा कोरोना पुष्टि

२ कार्तिक, काठमाडौं । बैंकर अनिलकेशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नबिल बैंकका कार्यकारी प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

“बुधबारदेखि गन्ध आउन छाडेपछि कोरोना परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको थियो। गन्ध आउन छाडेकाले डक्टरहरूले मलाई आइसोलेसनमा बस्नु भनेका थिए”, उनले लेखेका छन्, “हिजो दोस्रोपटक कोभिड-१९ परीक्षण गर्दा नतिजा पोजिटिभ आयो ।

उनले गन्ध थाहा नपाउनुबाहेक अन्य कुनै लक्षण आफूमा नरहेको जानकारी दिएका छन् ।