प्रदेश 1

कोरोना संक्रमणका कारण सुनसरीमा एक ५० वर्षे पुरुषको ज्यान गयो

११ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण बिपीमा उपचाररत एक ५० वर्षे पुरुषको ज्यान गएको छ ।

सुनसरी धरान घर भएका पुरुषको गएराति १२ बजेर ५५ मिनेटमा सुनसरीको धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

कार्तिक १ गते कोरोना पुष्टि भएका उमा उच्चरक्तचाप र डाईबिटिजको बिरामि रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिएका छन् ।