प्रदेश 2

सिरहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

१४ कार्तिक, सिरहा । सिरहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु भएको छ । सुखिपुर नगरपालीका ८ का ७० वर्षे बृद्धको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको हो ।

ज्वरो र रुघाखोखि लागेर सासफेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका बृद्धमा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै सिरहामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

दमका रुगि समेत रहेका बृद्धमा कोरोना पुष्टि भएपछि अस्पतालको आईसोलेशनमा राखेर उपचार भईरहेको थियो ।