१२ मंसिर, काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । मोरङका ७६ वर्षे पुरुष र विराटनगरकी २५ वर्षे महिला गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको हो ।
डायबीटिज र ब्लड प्रेसरका रोगी रहेका ७६ वर्षका बृद्धको गएराति साढे ९ बजे बीपी कोरोनाला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि मंसिर २ गते अस्पताल भर्ना भएका बृद्धमा ३ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै मोरङको रतुवामाई नगपालीका १० की २५ वर्षकी सुत्केरीको नोबेल शिक्षण अस्पतालमा गएराति मृत्यु भएको हो । १७ दिनकी सुत्केरी उनको उपचारका क्रममा मृगौलामा खराबि रहेको र निमोनियाको पुरानै समस्या रहेको पाईएको थियो ।
कोरोना संक्रमणका कारण अवस्था चिन्ताजनक बनेपछि सुत्केरीलाई मंसिर १० गते नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गर्दा श्वासप्रश्वासको समस्या थियो भने बिरामी बोल्न नसक्ने अवस्थामा रहेकी थिइन् । बचाउने प्रयास असफल हुँदा उपचारका लागि भर्ना गरेको भोलिपल्टै सुत्केरीको मृत्यु भएको हो ।





