२२ पुष, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले अब छिट्टै काठमाडौंका सडक धुलो र धुँवामुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पछिल्लो केहिदिनदेखी काठमाडौं उपत्यकामा प्रदुषणको मात्रा उच्च भएका बेला मेयर शाक्यको यस्तो दाबी छ । काठमाडौं महानगरपालीका र मेलम्ची नगरपालिकाबीच अन्तरस्थानीय तह भगीनी सम्बन्ध स्थापनाका लागी समझदारी पत्रका हस्ताक्षर गर्दै मेयर शाक्यले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
मेलम्ची खानेपानी व्यवस्थापनका लागी सडकहरु खन्नुपर्दा धुलो धुँवा बढेको भन्दै मेयर शाक्यले मेलम्चीको काम सम्पन्न भएलगत्तै काठमाडौंका जनलो धुलो धुँवा देख्न नपर्ने बताएका हुन् ।
यस्तै समझदारी पत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गरेका छन् ।
मेयर शाक्यले काठमाडौं बासि लामो समयदेखी मेलम्चीको पानीको प्रतिक्षामा रहेको भन्दै मेलम्ची नगरपालिका संग आज भगिनी सम्बन्ध स्थापनाले मेलम्ची र काठमाडौं बासिको सम्बन्ध थप प्रगाढ हुने बिश्वास व्यक्त गरेका छन् ।
साथै शाक्यले मुलुक भित्रकै स्थानीय तह–स्थानीय तहबिच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यको महानगरपालिकाले गरिरहेको भन्दै त्यसले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने बताएका छन्।





