पु.समाचार

भिम रावल सुदुरपश्चिम प्रदेश ओली समुहबाट यसरी परे कारबाहीमा

२३ पुष, काठमाडौं । आर्थिक अनियमितता गरेको भन्दै नेकपाका नेता भिम रावललाई सुदुरपश्चिम कमिटीले कारबाहिको सिफारीस गरेको छ । प्रदेश ईन्चार्ज लेखराज भट्टका अनुसार रावलले आर्थिक हिनामिना गरेकाले कारबाही गर्न सिफारीस गरेको हो ।

नेकपा विभाजन अभि राजव सुदुरपश्चिमका प्रदेश ईन्चार्ज थिए । तर ओली समुहले रावलाई ईन्चार्जबाट हटाएर आफ्ना नेता भट्लाई ईन्चार्जमा नियक्त गरेको थियो ।

ओली समुहका उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कारबाहीको सिफारिस गर्ने निर्णय गरेको जनाईएको छ ।

साथै सुदुरपश्चिम ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि केन्द्रीय कमिटी सदस्यबाट भने अझै हटाएको छैन ।