पु.समाचार

दमननाथको आक्रोशः जवाफदेहिता कुन चिडियाको नाम हो नेपालमा ?

६ माघ, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले सरकार सरकार जवाफदेहिताका लागि भन्दा पनि आनन्द विभोरताका लागि भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त अधिकारकर्मी समेत रहेका ढुंगानाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले नेपालमा जवाफदेहिता भन्ने कुन चिडियाको नाम हो ? भनेर प्रश्न समेत गरेका छन् । मेलमिलाप तथा वेपत्ता आयोगका लागि ऐन संशोधन गर्नु भनी सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको छ वर्ष भएको बताएका छन् ।

तर यसबीच त्यो पालना गर्ने कुनै सरकारले कर्तव्य नसम्झनुको जवाफ नेपालका सरकार आनन्द विभोरताका लागि हुने तर जवाफदेहिताका लागि होइन भन्ने रहेको बताएका छन् । संसद बिघटन गर्ने कदमलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना गरेका ढुंगानाले आज फेरी यस्तो ट्वीट गरेका हुन् ।

उनको ट्वीटः जवाफदेहिता कुन चिडियाको नाम हो नेपालमा ? मेलमिलाप तथा वेपत्ता आयोगका लागि ऐन संशोधन गर्नु भनी सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको छ वर्ष भयो, यसबीच त्यो पालना गर्ने कुनै सरकारले कर्तव्य सम्झेन । किन ? जवाफ प्रष्ट छ।नेपालका सरकार आनन्दविभोरताका लागि हुन्छन्, जवाफदेहिताका लागि होइन ।